आइतवार, कार्तिक ९, २०८३

आइतवार, कार्तिक ९, २०८३

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा 

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार देखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर जिल्ला ठिमी नगरपालिकाको गठ्ठाघर एव्म धादिङ जिल्ला, निलकण्ठ नगरपालिको धादिङ बेसीस्थित बिच बजारमा गरी एकै साथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जाल सहित २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २३ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिदैं बैंकले अझ एक कदम अघि सारेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र...

एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार विश्वभरका ५०० कम्पनी मध्ये सन् २०२२...

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...