बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

लगानी सम्मेलनले नेपालमा लगानीका नयाँ अवसर सिर्जना गरेको छः गुरुङ

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दुई दिने ‘नेपाल लगानी सम्मेलन २०२२’ सम्पन्न भएको छ। जानकी ग्लोबल फाउन्डेसन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा दुई दिनसम्म चलेको सम्मेलन भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार सुरु भएको थियो ।

सम्मेलन सम्पन्न भएपछि राजधानीको नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरी जानकी फाउन्डेसनले सम्मेलन पूर्ण रुपमा सफल र उपलब्धीपूर्ण भएको जनाएको छ । जानकी फाउन्डेसनकी अध्यक्ष जानकी गुरुङले सम्मेलनले नेपालमा लगानीको चेतना अभिवृद्धि र वित्तीय साक्षरता अभिवृद्धि गर्न सफल भएको बताइन । राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई लगानीका उत्कृष्ट अवसरहरु खोजेर नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने सम्मेलनको लक्ष्य रहेको थियो । सो लक्ष्यमा सम्मेलन सफल रहेको उनको दावी थियो ।

सफल नेपाली लगानीकर्ताका अनुभव र विचारहरूलाई प्रोत्साहित गर्न र नेपालमा लगानीको चेतना अभिवृद्धि र वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको अध्यक्ष गुरुङको भनाई थियो ।

नेपालको राष्ट्रिय शक्ति आर्थिक विकासमा उच्च आर्थिक वृद्धिका लागि स्वदेशी पुँजीले मात्रै नपुग्ने जनाउँदै उनले विदेशको सार्वजनिक र निजी लगानी नेपाल भित्र्याउँदा लगानीको प्रत्याभूति हुन आवश्यक रहेकोमा समेत जोड दिइन्।

नेपाल ग्रिनइनर्जी पावरहाउस बन्न सक्ने बताउँदै अध्यक्ष गुरुङले स्वास्थ्य, शिक्षा तथा खेलकुदका पूर्वाधारमा समेत लगानीको सम्भावना रहेको बताइन्। यस्ता सम्मेलन नेपालमा लगानी भित्र्याउन कोसेढुंगा साबित हुने बताउँदै उनले नेपालको ऊर्जा, पर्यटन, पूर्वाधार, कृषि लगायतका क्षेत्रमा लगानीको अधिक सम्भावनाहरु रहेको उल्लेख गरिन ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले अब हरेक वर्ष यो कार्यक्रम गरिने जानकारी पनि दिइन ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...