बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

४१ अर्ब डलरमा ट्विटर किन्ने इलोन मस्कको प्रस्ताव

काठमाडौँ । संसारकै धनी इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर पूरै खरिद गर्ने प्रस्ताव गरेका छन्।

मस्कले ४१ अर्ब अमेरिकी डलर ट्विटर खरिदमा खर्चिन तयार भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरको ९ प्रतिशतभन्दा धेरै सेयर खरिद गरेर भर्खरै ठूलो लगानीकर्ता बनेका मस्कले यसअघि ट्विटरको बोर्डमा बस्न अस्वीकार गरेका थिए।

मस्कले सोलगत्तै पूरै खरिदको प्रस्ताव गरेको रोयटर्सले जनाएको छ। यसअनुसार उनले ट्विटरको प्रतिकित्ता सेयर ५४.२० अमेरिकी डलर प्रस्ताव गरेका छन्।

बिहीबार नियामकीय निकायमा पेस गरेको कागजातले मस्कको खरिद प्रस्तावबारे खुलासा भएको हो। मस्कको प्रस्तावपछि ट्विटरको सेयर १२ प्रतिशतले बढेको बताइएको छ। उनले ट्विटर एक निजी कम्पनीमा रुपान्तरित हुनुपर्ने जनाउँदै ट्विटरका प्रमुख ब्रेट टेलरलाई पत्र समेत लेखेका छन्।

‘मेरो अफर उपयुक्त र अन्तिम छ र यदि अस्वीकृत भयो भने मैले सेयरसदस्यको पदबारे पनि विचार गर्नुपर्ने हुनसक्छ’, मस्कले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...