बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

स्वास्थ्य

नेपालमा आज ६,७३४जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १७ हजार४६५ नमु्ना परीक्षणमा ६,७३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा २,९४३, भक्तपुरमा २०१ र ललितपुरमा७९५ जनासँगै ३९३९ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ६,७३४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितहुनेको संख्या ९ लाख ६० हजार ६८० पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ५४७ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५४७ जनासँगै नेपालमाकोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १६ हजार ९८५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ । मन्त्रालयको विवरण अनुसार हाल ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २९ हजार ७०५ जनार ११७२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये १३९ जना आइसीयु र २६ जना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ३६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म २ करोड ८१ लाख ८ हजार ८६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये १ करोड ५८लाख ९५ हजार ८२८ जनाले पहिलो मात्रा र १ करोड २२ लाख १३ हजार ३२ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यकर्मी धमाधम संक्रमित

काठमाडौँ — कोभिडबाट ठूलो संख्यामा स्वास्थ्यकर्मीसमेत संक्रमित हुन थालेका छन् । जनशक्तिको अभाव झेल्दै आएका राजधानीकाकेन्द्रीयस्तरका ६ अस्पतालमा शनिबारसम्म २ सयभन्दा बढी मा संक्रमण देखिएको छ । ती अस्पतालका सेवा हाल प्रभावित हुन थालेकाछन् । गत सातादेखि राजधानी र बाहिरका अस्पतालमा पनि स्वास्थ्यकर्मी संक्रमित हुने दरमा अप्रत्याशित वृद्धि देखिएको छ । सबैभन्दा बढीत्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ३५ डाक्टरसहित १ सय १५ स्वास्थ्यकर्मी संक्रमित छन् । ८ शय्याको मेडिकल आईसीयूका सबैकर्मचारी संक्रमित भएपछि उक्त वार्ड नै बन्द गरिएको छ । ‘संक्रमितहरू आइसोलेसनमा छन्,’ अस्पतालका कोभिड व्यवस्थापन समितिसंयोजक डा. सन्तकुमार दासले भने, ‘संक्रमितको संख्या बढे ननकोभिड र रुटिन नै प्रभावित हुन सक्छ ।’ ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अन्य स्वास्थ्यकर्मीलाई कामको चाप अत्यधिक बढेको छ । सेवा प्रभावित हुन नदिन बढीस्वास्थ्यकर्मी भएका विभागबाट अभाव भएका विभागमा सार्न थालिएको डा. दासले बताए । मेडिकल आईसीयूका सबै स्टाफलाईएकैपटक कोभिड देखिएपछि १० दिनका लागि होम आइसोलेसनमा राखिएको छ । संक्रमितको अवस्था चिन्ताजनक नभएको उनलेबताए । ‘सबै स्वास्थ्यकर्मीले पूर्ण खोप लिएका छन्, उनीहरूमा मध्यम ज्वरो, शरीर/घाँटी दुखाइलगायत रुघाखोकी जस्ता लक्षणदेखिएको छ,’ उनले भने । वीर अस्पतालमा १३ डाक्टरसहित ४४ स्वास्थ्यकर्मी र पाटन अस्पतालमा ८ डाक्टरसहित २४ जना स्वास्थ्यकर्मी होम आइसोलेसनमाछन् । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पनि ३ डाक्टरसहित १४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथासरुवा रोग अस्पताल टेकुका ६ स्वास्थ्यकर्मी संक्रमित भएपछि शनिबार जनशक्ति व्यवस्थापनबारे आकस्मिक बैठक बसेको छ ।‘कोभिड अस्पताल भएकाले थप जनशक्ति संक्रमित हुने उच्च सम्भावना छ,’ अस्पतालका निर्देशक डा. मनीषा रावलले भनिन्, ‘एकैचोटिधेरै संक्रमित भए अस्पताल कसरी चलाउने भन्नेबारे नै हामी विमर्शमा छौं ।’ विज्ञहरू सरकारले छिट्टै विशेष रणनीति नअपनाए स्वास्थ्य सेवा प्रवाहमा समस्या आउन सक्ने बताउँछन् । ‘तेस्रो लहरमा मुलुककोचुनौती नै स्वास्थ्य सेवा क्षेत्रमा जनशक्ति व्यवस्थापन हुने देखिएको छ,’ वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालकाउपनिर्देशक डा. प्रज्वल श्रेष्ठले भने, ‘सेवा प्रभावित हुन नदिन जुनसुकै समय चिकित्साकर्मीलाई करारमा लिन सक्ने र पुलमा समेत राख्नेव्यवस्था गर्नुपर्छ ।’ पहिलो र दोस्रो लहरको लकडाउनले गर्दा नियमित स्वास्थ्य सेवा प्रायः बन्द हुँदा मुख्य रूपमा संक्रमितकै उपचारमा बढी ध्यान दिनुपर्नेभएकाले स्वास्थ्यकर्मीको अभाव भए पनि सेवा प्रभावमा ठूलो समस्या देखिएको थिएन । तर, यसपटक ओमिक्रोन भेरिएन्टका कारणसंक्रमण तीव्र फैलिइरहेकाले नियमित सेवा र कोभिड सेवा दुवै दिनुपर्ने भएकाले जनशक्ति परिपूर्ति चुनौतीपूर्ण देखिएको विज्ञहरूकोभनाइ छ । ‘हाल कोभिड र ननकोभिड स्वास्थ्य सेवामा उत्तिकै ध्यान दिनुपर्छ, जसले दुवै सेवामा चाप अत्यधिक छ,’ डा. श्रेष्ठ भन्छन्, ‘अवस्था चुनौतीपूर्ण छ । त्यसकारण हामी विशेष रणनीति अपनाउन थालेका छौं ।’ वीरले नियमित सेवाअन्तर्गत कार्डियोलोजी र ग्यास्ट्रोवार्ड एउटै बनाएर एउटा वार्डको जनशक्तिलाई कोभिड बिरामीको उपचारमा खटाउन थालिसकेको छ । डा. श्रेष्ठले अबको एक साताअवस्था भयावह हुन सक्ने चेतावनी दिए । पाटन अस्पतालको बहिरंग सेवामा कार्यरत ६ जना एकैपटक संक्रमित भएपछि जनशक्ति व्यवस्थापनमा समस्या निम्तिएको छ ।निर्देशक डा. रवि शाक्य अहिलेकै दरमा स्वास्थ्यकर्मी संक्रमित हुने क्रम जारी रहे सेवा प्रभावित हुन सक्ने चिन्ता प्रकट गर्छन् । ‘साथीहरूतानतुन गरेर डबल ड्युटी गरिरहेका छन्,’ उनले भने । स्वास्थ्यकर्मी संक्रमित भए पनि उनीहरूमा स्वास्थ्य जटिलता नदेखिनुमा खोपको ‘अतिरिक्त मात्रा’ को सकारात्मक प्रभाव हुन सक्नेविज्ञहरूको दाबी छ । ‘देशभरिकै सबैजसो स्वास्थ्यकर्मीले बुस्टर डोज लिइसकेको ओपेन सेक्रेट हो,’ राजधानीको एक प्रमुख सरकारीअस्पतालका एक चिकित्सकले भने । औपचारिक रूपमा आइतबारदेखि मात्र स्वास्थ्यकर्मीलगायत ‘फ्रन्टलाइनर’ लाई अतिरिक्त डोजलगाउने सरकारी तयारी छ । कतिपय सरकारी अधिकारीहरू नै सरकारले धेरै ढिलो गरी अतिरिक्त खोप अभियान सुरु गरेकामाआलोचना गरिरहेका छन् । सरकारले अतिरिक्त खोपबारे निर्णय लिन ढिलाइ गरेपछि स्वास्थ्यकर्मीले आफ्नै हिसाबले अतिरिक्त खोप लगाएका थिए । ‘अतिरिक्तखोपका लागि मन्त्रालयको बाटो हेरेको भए ठूलै दुर्घटना भइसक्ने थियो,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘स्वास्थ्यकर्मीले बुस्टर डोज लगाएकाले जटिलता देखिएको छैन, मानसिक रूपमा समेत उच्च मनोबल देखिएको छ ।’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीसमेत मन्त्रालयको निर्णय समयअनुसार नभएकोआरोप लगाउँछन् । उनले मन्त्रालयले समयमा निर्णय नलिँदा स्वास्थ्यकर्मीले भित्रभित्रै खोप लगाउन बाध्य भएको बताए ।

भारतमा ओमीक्रोन संक्रमित बढे

नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोनसंक्रमण देखिएको छ।  शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको भारतीय संचारमाध्यहरुमा समाचार छ। यस्तै भारतमापछिल्लो २४ घण्टामा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमित निको भएका छन्।  भारतमा अहिले सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार ८ सय २० पुगेको छ। शुक्रबार भारतका विभिन्न राज्यहरुमा कोरोनाकोनयाँ भेरियन्ट ओमिक्रोनका ६ हजार ४१ जना संक्रमित थपिएका छन्। भारतको महाराष्ट्रमा सवै भन्दा बढी कोरोना संक्रमित देखिएका छन्

माघ २ गतेदेखि कोराना विरुद्धको बुस्टर डोज खोप दिइने

काठमाण्डौं । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते...

नेपाल कोरोना नियन्त्रण गर्न असफल भएको ह्युमन राइट्स वाचको दावी

काठमाडौं । मानव अधिकारको विश्वव्यापी अवस्था सम्बन्धमा सार्वजनिक प्रतिवेदनले नेपालमा सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको औंल्याएको छ। अन्तर्राष्ट्रिय...

डोटीमा भाइरल ज्वरोको बिरामी बढे

डोटी । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत...

नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको मृगाैला प्रत्यारोपण सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीस्थित एपाेलाे अस्पतालमा बुधबार विहान मृगाैला प्रत्यारोपण...

नेपालमा सोमबार ३१२५ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

काठमाडौं । नेपालमा सोमबार ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १०...

ताजा समाचार

को हुन सुमन थापा !