मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

समाचार

जेनिस बने भ्वाइस अफ किड्सका पहिलो विजेता

काठमाडौं । हिमालयन टेलिभिजनद्वारा सञ्चालित द भ्वइस अफ किड्समा जेनिस उप्रेती विजयी भएका छन् । ससाना बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको द...

नेपालमा एकैदिन ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित

काठमाडौं : नेपालमा एकैदिन ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारदेशभरि १४ हजार ५५५ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट ३ हजार ७०३ र एन्टिजेनबाट ९३३ जना संक्रमित देखिएको मन्त्रालयलेजनाएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या बढेर २१ हजार ५८४  पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ३५० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको छ। पछिल्लोएक हप्तादेखि नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वातै बढेको छ। 

टुडीखेलमा मनाइयो माघे संक्रान्ति

काठमाडौँ — माघ महिनाको पहिलो दिन शनिबार बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे संक्रान्ति पर्वमनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति अर्थात् माघ १ गते मकर (माघे) संक्रान्तिका नाममा पनि वैदिकसनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै छन कोरोना भाइरसको जोखिमका कारण सरकारले लगाएको प्रतिबन्धका कारण विगतको तुलनामा सार्वजनिक ठाउँमा जमघटका कार्यक्रमकम भए । तैपनि काठमाडौं टुँडिखेलमा मौलिक पोसाकमा सजिएका मगर समुदायका मानिसहरु भेला भइ तस्बिर खिच्ने र रमाइरहेकादेखिए   माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटो हुँदै जान्छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यानसाधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण सीमितभक्तजनमात्र स्नान गर्न पुगेका थिए । देवघाटको मुख्यस्थलमा शुक्रबारदेखि नै प्रहरीले आउजाउ निषेध गरेको थियो ।

सीमा विवादमा भारतको धारण सार्वजनिक

काठमाडौँ — नेपाली भूमि मिचेर कालापानी क्षेत्रमा सडक बाटो निर्माण गरिरहेको भारतले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।काठमाडौंस्थित भारतीय राजदूतावासका प्रवक्ता नवीन कुमारले शनिबार विज्ञप्ति जारी गर्दै उक्त सीमा सम्बन्धमा आफ्नो सरकारकोधारणा यथावत् रहेको प्रष्ट पारेका हुन् । कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘भारत–नेपाल सीमामा भारत सरकारको अडान सर्वविदित, यथावत् र स्पष्ट छ । नेपालसरकारलाई जानकारी गराइसकेको छ ।’ विज्ञप्तीमा भारत सरकारको धारणामा स्थापित अन्तर–सरकारी संयन्त्र र माध्यमहरुबाट सबैभन्दा उपयुक्त रुपमा सञ्चार र संवाद गर्नसकिने उल्लेख गरिएको छ । ‘पारस्परिक रुपमा सहमति भएका जुन सीमा समस्याहरु बाँकी छन् । हाम्रो घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीयसम्बन्धको भावनामा आधारित रहेर ती समस्या सधै सम्बोधन गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ । भारतले सन् २०१४ मा नेपालको सुस्ता र कालापानी क्षेत्रको सीमा विवादको लागि समाधान गर्न परराष्ट्र सचिव स्तरीय संयन्त्र मार्फतसीमा विवादको समस्या समाधान गर्नु पर्छ भन्ने अडान राखेको हो । तर नेपालले भारतलाई कूटनीतिक वार्ताको लागि लगातार रुपमाविगत दुई वर्षदेखि पहल गर्दा पनि वार्तामा आउन मानेको छैन ।

माघ २ गतेदेखि कोराना विरुद्धको बुस्टर डोज खोप दिइने

काठमाण्डौं । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते...

बतासको बचाउमा उद्योग वाणिज्य महासंघ

काठमाडौं । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएको बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) पनि अघि सरेको छ । शुक्रबार महासंघले बतास...

सरकार र मेडिकल सञ्चालकबीच पाँच बुँदे सहमति

काठमाडौँ । सरकार र मेडिकल कलेज सञ्चालकबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । एमबीबीएस लगायतका स्नातक तहमा अध्ययनरत विद्यार्थीले सुनील शर्माको केएमसी र...

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तीजनकः नेपाली कांग्रेस

काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नू आपत्तिजनक भएको बताएको छ । कांग्रेस महामन्त्री द्वय गगन थापा र...

सत्ता कब्जापछि तालिवानले सार्वजनिक गर्‍यो पहिलो बजेट

काठमाडौँ । तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन। सरकारले बुधबार सन् २०२२...

बिजुलीको पोल सार्न १ लाख ४० हजार घुस लिने कर्मचारी पक्राउ

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिजुलीको पोल सार्दा घुस लिने विद्युत् प्राधिकरणका एक कर्मचारीलाई ललितपुरबाट पक्राउ गरेको छ। प्राधिकरणको काठमाडौं ग्रिड महाशाखा सबस्टेसन...

नबिल र एनबी बैंक मर्ज हुने समझदारी

काठमाडौं । नबिल र एनबी बैंकबीच एक हुने समझदारी भएको छ। नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने भएको हो। बिहीबार एक समारोहका बीच होटल भिभान्तामा...

सहयोग नपाए लाखौं अफगान नागरिक मृत्युको मुखमा पर्ने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले तत्कालै सहयोग नपाए अफगानिस्तानका लाखौं नागरिक मृत्युको मुखमा पर्न सक्ने चेतावनी दिएको छ। बिहीबार अफगानिस्तानबारे चेतावनी जारी गर्दै राष्ट्रसंघले अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति...

ताजा समाचार

को हुन सुमन थापा !