एजेन्सी । युक्रेनमाथि हमलाको खतराबीच रुसले मंगलबार आफूले युक्रेनको सीमाबाट आफ्ना केही सेना हटाइरहेको जानकारी दिएको छ ।
यद्यपि, युक्रेनले रुसी सेना फिर्ता गएको देखेमात्रै...
दक्षिण कोरियामा पुनः कोरोना संक्रमण दर तीब्र गतिमा फैलन थालेपछि प्रवासी श्रमिक लैजान रोक लगाएको छ।
कोरिया सरकारले नेपालसहितका देशबाट श्रमिक लैजान रोक लगाएको हो।...
१६ माघ, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेन प्रशासनको आलोचना गरेका छन् । राष्ट्रपति जो बाइडेनले पूर्वी युरोपमा केही समयमै फौज...
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिलाई लिएर युद्धको डर नउब्जाउन पश्चिमी देशहरूलाई अपील गरेका छन्।
उनले पत्रकारलाई भने, 'कुनै पनि समय आक्रमण...
अष्ट्रेलियाली प्रान्त दक्षिण अष्ट्रेलियाले आपतकालीन अवस्थाको घोषणा गरेको छ। केही दिनअघि देखिको भारी वर्षा र आँधीपछि आगामी १४ दिनको लागि आपतकालीन घोषणा गरेको हो।
केही...
काठमाडौँ — अमेरिकी प्रविधि व्यवसयी एलन मस्कको अन्तरिक्ष अन्वेषण गर्ने एक कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामाठोक्किने भएको छ । मस्कको कम्पनीले स्पेस एक्सले बनाएको...
काठमाडौँ — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक सिद्ध हुने चेतावनी दिएकाछन् ।
युक्रेनस्थित बेलायती दूतावासमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको विषयमा गरिएको सम्बोधनमा प्रधानमन्त्री जोन्सनले यूक्रेनमाथिहमला गरेमा रूसमाथि बेलायतले आर्थिक नाकाबन्दी गर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।
सम्बोधनकै क्रममा उनले बेलायतले विभिन्न रक्षात्मक हतियारहरू यूक्रेनमा पठाइरहेको भन्दै यूक्रेनी नागरिकको रक्षाका लागि बेलायतउभिएको बताए ।
‘विभिन्न जासुसीका अनुसार युक्रेन-रूस सीमाक्षेत्रमा रूसी सेनाका ६० समूह छन्‚ जसले युक्रेनको राजधानी किभमा आक्रमण गर्नेयोजना बनाइरहेका छन्‚’ प्रधानमन्त्री जोन्सनले भने ।
स्व-शासित द्वीपको भविष्यलाई लिएर अनेक अड्कलबाजी भइरहेका बेला चीनले आफ्ना ३९ वटा युद्धक विमान ताइवानतर्फ पठाएकोछ।
ताइवानसहितका क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउन अमेरिकाले दबाब बढाइरहेका बेला चीनले नयाँ सालको सबैभन्दा ठूलो उडानभर्दै ताइवानतर्फ ३९ युद्धक विमान पठाएको हो।
ताइवानको रक्षा मन्त्रालयका अनुसार आइतवार राति चीनमा निर्मित २४ वटा जे-१६ लडाकु जेट र १० वटा जे-१० सहित अन्य सहयोगी रर इलेक्ट्रोनिक युद्धक विमान सामेल छन्।
मन्त्रालयका अनुसार ताइवानको वायु सेनाले आफ्नो जेट विमानको सहयोग र राडारमार्पत पिपुल्स लिबरेशन आर्मीका विमानलाई ट्रयाकगरेको हो।
चीन जब हर्कतमा आयो तब अमेरिकी सेनाले उसका दुई युएस कार्ल भिन्सन र युएसएस अब्राहम लिंकनको नेतृत्वमा दक्षिण चीनसागरमा आइतवार समुद्री सैन्य अभ्यास गरिरहेका थिए। यी पनडुब्बीसहित अमेरिकाले शक्ति प्रदर्शन गरिरहेपछि चीनले आफूलाईताइवानतर्फ केन्द्रित गरेको हो।
चीनको विदेश मन्त्रालयले यसलाई टिप्पणी गर्न इन्कार गरिदिएको छ। जनमुक्ति सेनाले यति ठूलो उडान किन भर्यो? यसको राजनीतिकअर्थ के हो? चीनले यसबारेमा केही उत्तर दिएको छैन।
सन् १९४९ को गृहयुद्धका क्रममा ताइवान र चीन छुटेका थिए। तर चीनले यस द्वीपमा आफ्नो दाबी गरिरहेको छ। बेइजिङले स्व-शासितद्वीपलाई अलग-थलग बनाउन र डर देखाउन कूटनीतिक र सैन्य साधनको प्रयोग गरेको अमेरिकाले आरोप लगाइरहेको छ।
त्यहीकारण अमेरिकाले ताइवानलाई अत्याधुनिक हतियार र लडाकू विमान बेचेर उसलाई आफ्नो पकडमा लिने कोसिस गरिरहेको छ।
ताइवान सरकारले नियमित रूपमा जारी गरेको विवरमण अनुसार चीनले पछिल्ला डेढ सालमा लगभग दैनिकजसो ताइवानमाथि उडानभरिरहेको छ। पछिल्लो अक्टोबरमा पनि एकै दिन चीनका ५६ युद्धक विमानले ताइवानमाथि सबैभन्दा ठूलो उडान भरहेको थियो।
ताइवालाई लिएर चीन र संयुक्त राज्य अमेरिकाबीच कुनै प्रकारको संघर्ष हुन सक्ने जोखिम बढिरहेको छ। सन् २०१६ मा ताइवानकानागरिकले त्साई इङ्ग-वेनलाई राष्ट्रपति बनाएदेखि तनाव चुलिएको छ
त्यसबेला चीनले द्वीप सरकारसँग पहिलेबाटै स्थापित संचार सम्बन्ध काटिदिएर जवाफ दिइसकेको छ। त्साईका पूर्ववर्ती चीन अनुकूलथिए। उनीहरुले ताइवान चीनकै हिस्सा रहेको बेइजिङको दाबीलाई समर्थन जनाउँदै आएका थिए।
२ माघ, काठमाडौं । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विष्फोटपछि सुनामीको चेतावनी जारी गरिएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अमेरिका र...