बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

राजनीति

स्थानीय तहको निर्वाचन गराउन गठबन्धन सहमत

काठमाडौँ — सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताले राजनीतिक सहमति जुटे वैशाख/जेठमा संसदीय र नजुटे स्थानीयतहको चुनावमा जाने समझदारी गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार तेस्रो विकल्पका रूपमा तीनवटै चुनाव एकै पटक गर्नेविषयमा समेत छलफल भएको छ ।  चुनावबारे थप छलफलका लागि गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक शुक्रबार बोलाइएको छ । ‘बैठकमासबैका विचार आउँछन् । त्यसपछि एउटा निष्कर्षमा पुग्छौं,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने ।  गत मंगलबार समन्वय समिति बैठकमा माओवादी अध्यक्ष दाहालले वैशाख/जेठमा संघीय र कात्तिक/मंसिरमा स्थानीय तहको चुनाव गर्नेप्रस्ताव गरेका थिए । यही विषयमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बिहीबारबालुवाटारमा छलफल भएको हो । गठबन्धनमै रहेका दलहरूभित्र भने दाहालको प्रस्तावमाथि पर्याप्त छलफल भएको छैन । कतिपयलेस्थानीय चुनाव धकेल्न लागेको भनेर दाहालको आलोचना गरिरहेका छन् । चुनावको मितिबारे दाहालको प्रस्तावलाई एकीकृतसमाजवादीका अध्यक्ष नेपालको भने समर्थन देखिएको छ । स्थानीय चुनाव वैशाखमा गराउन निर्वाचन आयोगले लगातार सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराइरहेका बेला दाहाललेकात्तिक/मंसिरको प्रस्ताव गरेका हुन् । प्रतिनिधिसभा पूरा कार्यकाल रहनुपर्नेमा सत्ता गठबन्धनले जोड दिइरहेका बेला सत्ता घटकमाओवादी केन्द्रका अध्यक्ष दाहालले वैशाख/जेठमा नै किन संघीय चुनाव चाहेका छन् त ? निकट नेताहरूका अनुसार मूलतः गठबन्धनसुनिश्चित गर्ने रणनीतिक कदमका रूपमा उनले अगाडि संघीय चुनाव गराउने प्रस्ताव गरेका हुन् ।

काठमाडौँ प्रशासनले कोरोना नियन्त्रण गर्न जारी गर्‍यो २७ बुँदे अर्को आदेश

काठमाडौँ । कोरोना महामारी नियन्त्रका लागि काठमाडौँ जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले...

दुई नेताबीच पोल खोला खोल

 नेपालमा कम्युनिष्ट पार्टीका नेताहरु मिल्दा कुन तहको अवस्थामा पुग्छन् र फुट्दा वा विचार नमिल्दा कस्तो स्तरमा झर्छन् भन्ने पटकपटक देखिएकै विषय हो । सबैभन्दा बढी मिल्दा एक आपसको गुणगान गाउने र नमिल्दा ‘भित्तैमा पुर्‍याउने’ शैली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा देखिन्छ । नेकपा एकताका बेला उनीहरुले गरेको सम्बोधन, विवादका बेला कार्यकर्तालाई गरेको सम्बोधन र पार्टी विभाजनपछि एकले अर्कोलाईगरेको गाली नै यसको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । तर केही महिनाअघिसम्म एउटै पार्टी र एउटै गुटमासमेत रहेका दुई नेताबीच अहिले ‘नारायणहिटी प्रकरण’ले उदाङ्गो पारेको छ । ती नेताहरु हुन् पर्यटनमन्त्री प्रेम आले र पूर्व पर्यटनमन्त्री योगेश भट्टराई । उनीहरु केही समयअघि नेकपा एमाले माधवकुमार नेपाल समूहमा थिए । केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मन्त्री भट्टराईलेराजीनामा दिएका थिए । तर पछि पार्टी विभाजनको अवस्थामा पुगेपछि भट्टराईले ओली रोजे भने आलेले नेपाल । अहिले नारायणहिटी संग्राहलयमा क्यान्टिन तथा क्याफ्टेरिया सञ्चालनका लागि भाडामा दिँदा तत्कालीन मन्त्री भट्टराईले ‘कानुनमिचेको’ आरोपपछि यो तहको विवाद छताछुल्ल भएको हो । मन्त्री आलेलाई भट्टराईले लण्डनबाट आउँदा १० बोतल रक्सी, रोलेक्स घडी, आइफोलनलगायतका सामग्री लिएर भीआईपी कक्षबाटबाहिरिएको आरोप लगाउँदै त्यसदिनको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेपछि आलेले पनि तत्कालीन मन्त्री भट्टराईकोकार्यकालमा भएको गतिविधिको छानबिनका लागि समिति नै बनाएका छन् । त्यतिमात्रै होइन योगेश भट्टराईले माओवादी द्वन्द्वका बेलाहतियार सप्लाइ गर्ने गरेको आरोप लगाए । यी दुवैले प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो आरोप लगाएका हुन् । “आफू १० बोतल रक्सी बोकेर भीआईपीबाट आउने, रोलेक्स घडी कतिवटा बोकेर आउने, आइफोन कतिवटा बोकेर आउने भीआईपीबाटआउने अर्कोले तीन बोतल रक्सी बोकेर आयो भनेर बबन्डर मच्चाउने ?,” भट्टराईले भनेका छन्, “म इमिग्रेसनलाई चुनौतीका साथ भन्छुजुन दिन पर्यटनमन्त्री लण्डनबाट फर्किएर आउनुभयो त्यो दिनको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्छ ।” उनले दोहा विमानस्थलमा मन्त्री आलेले किनेका सामग्री हेर्नका लागि उनको बोर्डिङ पास चेक गर्नुपर्ने माग गरेका छन् । “दोहा विमानस्थलमा के के किन्नुभयो । बोर्डिङ पास चेक गरौँ,” उनले मन्त्री ओलेलाई भनेका छन्, “उनी आफ्नो ठेगानमा बसुन् ठाउँमाबसुन् । आफू के हो कुन जमिन हो । कुन धरातलबाट आएको राम्रोसँग बुझ्नु । म काठ तस्कर गरेर आएको हो राजनीतिमा ? नेपालकोहरियो वन भारततिर तस्करी गर्दैगर्दा म राजनीतिमा थिएँ । म सुनको तस्करी गरेर आएको हुँ ?” भट्टराईले उक्त कार्यक्रममा पत्रकारले पनि आफ्नो चरित्रहत्या हुनेगरी समाचार सम्प्रेषण गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । भट्टराईको यस्तो अभिव्यक्ति आएपछि मन्त्री आलेले पनि सोही कार्यक्रममार्फत ‘भण्डाफोर’ गरेका छन् । भट्टराई मन्त्री हुँदा नेपाल एयरलाइन्सलाई भन्दा बढी हिमालय एयरलाइन्सलाई काम दिएको, निजीकरणका नाममा नेपालएयरलाइन्सको जग्गालाई सस्तो मूल्यांकन गरिएको, कोभिडको बेलामा नेपाल एयरलाइन्सबाट ओम्नीको सामग्री बोकेको तरअहिलेसम्म भुक्तानी नगरिएको, माओवादी द्वन्द्वका बेला हतियारको सप्लाइ गरेको, मन्त्री नहुँदै व्यापारीसँग एक करोड रुपैयाँ मागगरेकोलगायतका आरोप लगाएका छन् । उनले यि सबै विषय अनुसन्धानमा रहेको हुँदा दोषी पाइए कारवाहीका लागि सिफारिस गरिने बताए । “कोरोनाको बेला जनतालाई ढाड सेक्ने काम भएको छ । उद्धारका नाममा कमिसनको लागि चारगुणा भाडा उठाइएको छ,” मन्त्री आलेलेभनेका छन्, “योगेश भट्टराईलाई कारवाही हुन्छ । ओम्नीलाई औषधि ल्याउन चार्टड फ्लाइट भयो । प्राइभेट कम्पनीले कम्तिमा दुईदिनअघि पैसा जम्मा गरेपछि चार्टर फ्लाइट हुन्छ । मन्त्री आफैँले पठाउनू भनेपछि पठाइएको रहेछ । २१ महिना पूरा भयो । अहिलेसम्मएयरलाइन्सको पैसा आएको छैन । एक करोड ७४ लाखरुपैयाँ ओम्नीले तिर्न बाँकी नै छ । ओम्नीले अहिलेसम्म पैसा तिरेको छैन ।निगमले जान मिल्दैन भन्दा पनि मन्त्रीले मैले जिम्मा लिन्छु भनेर पठाएको पाइयो ।” उनले नेपाल एयरलाइन्सलाई भन्दा बढी व्यापार हिमालय एयरलाइन्सलाई दिएको पनि दाबी गरेका छन् । “हिमालय एयरलाइन्सले १७७ वटा चार्टर फ्लाइट गर्दा नेपाल एयरलाइन्सले १४० वटामात्रै गरेको छ,” मन्त्री आलेले भने, “किन यस्तोगरियो छानबिन हुँदैछ । उहाँले चुनावको बेलामा पर्यटनमन्त्री हुन्छु एक करोड ल्याऊ भनेको मैले सुनेको छु ।” आलेले भट्टराईलाई बतास समूहमा सेयर रहेको जसरी बचाउमा उत्रिएको, द्वन्द्वका बेला हतियारसहित खरखजनाको कारोबार गरेरकाठमाडौंमा घर किनेको आरोप पनि लगाएका छन् । “उहाँ बतास अर्गनाइजेसनको सेयर होल्डर हो कि जस्तो लाग्यो,” आलेले भनेका छन्, “जुन बेलामा द्वन्द्व चर्किएको थियो । माओवादीसाथीहरु भूमिगत हुनुहुन्थ्यो । सेना र माओवादीको बीचमा वार भइरहेको थियो । त्यो बेलामा खरखजानासहित उहाँले दुई नम्बरीगर्नुहुन्थ्यो । उहाँ त ताप्लेजुङबाट लुरुलुरु आएको हो । त्यही खरखजना बेचेर काठमाडौंमा घर बनाउनुभएको छ । हतियार रखरखजानाको तस्करी गर्नुहुन्थ्यो । माधव नेपाल प्रधानमन्त्री हुँदा उहाँ मातहतको मन्त्रीलाई ‘तपाईंले काम गर्न सक्नुभएन’ भन्दा उहाँलेचाहिँ ‘तपाईं त हतियारको तस्करी गर्ने मान्छे होइन भन्दा उहाँ चुप लाग्नुभयो ।” मन्त्री आलेले अहिले बतासको बचाउ गर्दै व्यापारीले दुई पैसा फाइदा हुने ठाउँमा लगानी गर्न खोज्ने तर राजनीतिक नेतृत्वले नै त्यसलाईरोक्नुपर्ने बताए । जिम्मेवार पदमा पुगिसकेका र रहेका व्यक्तिहरुले लगाएको यस्तो आरोपमाथि राज्यले छानबिन गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्नमा एमनेष्टीइन्टरनेसनलका अध्यक्षसमेत रहेका पूर्वसचिव खेमराज रेग्मी भन्छन्, “यो छानबिनको विषय हो । दुवै जनाले बढी बोलेको देखियो ।” उनले पर्यटन मन्त्रालयले अख्तियारलाई लेखि पठाएको हुँदा बाँकी आरोपहरु पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए । “केही कुरा वर्तमान मन्त्रीले पनि गहिराइमा पुगेर भनेजस्तो लागेन । उहाँका पनि केही कुरा नमिल्दा छन् । योगेश भट्टराईको प्रस्तुती पनिठिक लागेन । तस्कर हो भन्ने कुरा भन्नुभयो । प्रेम आलेले पहिले भनेजस्तो लाग्दैन ।” उनले अहिले आएर योगेश भट्टराईले मेरो संलग्नता नै थिएन भन्नु गलत भएको बताए । “यो सामान्य ठाउँको जग्गा भाडामा लगाइएको होइन,” उनले बाह्रखरीसँग भने, “मन्त्रीलाई पहिले उहाँले अनावश्यक गाली गर्नुभयो ।आरोप शोभायमान देखिएन । तल्लोस्तरको गाली गलौज भयो । हुन त यसले छानबिनमा पनि सहयोग नै पु¥याउँछ ।” मन्त्री आले लण्डनबाट आउँदाको दिनको सीसीटीभी पनि सार्वजनिक होला ? त्रिभुवन विमानस्थल स्रोतका अनुसार विमानस्थल क्षेत्रमा ३७२ वटा सीसीटीभी छन् ।

स्थानीय तहको निर्वाचन बैशाखमा

काठमाडौं : स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै गर्ने बारे सत्ता गठबन्धनबीच सहमति भएको छ। मंगलबार बिहान बालुवाटारमाबसेको राजनीतिक समन्वय समितिको बैठकमा वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने बारे छलफल भएको हो।  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा स्थानीय तहको निर्वाचन, आसन्न राष्ट्रिय सभाको निर्वाचन लगायत सरकारसञ्चालनका विषयमा छलफल भएको बताए। निर्वाचन आयोगले वैशाखमा नै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएकोथियो।  स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यकपर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न निर्वाचन आयोग र एमालेले दबाब दिंदै आएको छ। तर सत्ता गठबन्धन तीनै तहकोनिर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ। वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाईजनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ।  आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने प्रस्ताव गरेको छ। आयोगले आगामी वैशाख १४ गतेबुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न सरकारसँग यसअघि नै प्रस्ताव गरिसकेको छ। एकै चरणमासम्भव नभए वैशाख १४ गते पहिलो र वैशाख २२ गते दोस्रो चरणको निर्वाचन मिति तोक्ने आयोगको प्रस्ताव छ।   पाँच दलीय‍ गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा कृष्ण सिटौला, नेकपा (माओवादी केन्द्र)का अध्यक्षपुष्पकमल दाहाल 'प्रचण्ड' र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्रयादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेको समिति गठन गरेको थियो। मन्त्रिपरिषद्‍बाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्यका रुपमा रहेका छन्। 

सीमा विवादमा भारतको धारण सार्वजनिक

काठमाडौँ — नेपाली भूमि मिचेर कालापानी क्षेत्रमा सडक बाटो निर्माण गरिरहेको भारतले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।काठमाडौंस्थित भारतीय राजदूतावासका प्रवक्ता नवीन कुमारले शनिबार विज्ञप्ति जारी गर्दै उक्त सीमा सम्बन्धमा आफ्नो सरकारकोधारणा यथावत् रहेको प्रष्ट पारेका हुन् । कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘भारत–नेपाल सीमामा भारत सरकारको अडान सर्वविदित, यथावत् र स्पष्ट छ । नेपालसरकारलाई जानकारी गराइसकेको छ ।’ विज्ञप्तीमा भारत सरकारको धारणामा स्थापित अन्तर–सरकारी संयन्त्र र माध्यमहरुबाट सबैभन्दा उपयुक्त रुपमा सञ्चार र संवाद गर्नसकिने उल्लेख गरिएको छ । ‘पारस्परिक रुपमा सहमति भएका जुन सीमा समस्याहरु बाँकी छन् । हाम्रो घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीयसम्बन्धको भावनामा आधारित रहेर ती समस्या सधै सम्बोधन गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ । भारतले सन् २०१४ मा नेपालको सुस्ता र कालापानी क्षेत्रको सीमा विवादको लागि समाधान गर्न परराष्ट्र सचिव स्तरीय संयन्त्र मार्फतसीमा विवादको समस्या समाधान गर्नु पर्छ भन्ने अडान राखेको हो । तर नेपालले भारतलाई कूटनीतिक वार्ताको लागि लगातार रुपमाविगत दुई वर्षदेखि पहल गर्दा पनि वार्तामा आउन मानेको छैन ।

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तीजनकः नेपाली कांग्रेस

काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नू आपत्तिजनक भएको बताएको छ । कांग्रेस महामन्त्री द्वय गगन थापा र...

सत्ता कब्जापछि तालिवानले सार्वजनिक गर्‍यो पहिलो बजेट

काठमाडौँ । तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन। सरकारले बुधबार सन् २०२२...

बिजुलीको पोल सार्न १ लाख ४० हजार घुस लिने कर्मचारी पक्राउ

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिजुलीको पोल सार्दा घुस लिने विद्युत् प्राधिकरणका एक कर्मचारीलाई ललितपुरबाट पक्राउ गरेको छ। प्राधिकरणको काठमाडौं ग्रिड महाशाखा सबस्टेसन...

सहयोग नपाए लाखौं अफगान नागरिक मृत्युको मुखमा पर्ने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघले तत्कालै सहयोग नपाए अफगानिस्तानका लाखौं नागरिक मृत्युको मुखमा पर्न सक्ने चेतावनी दिएको छ। बिहीबार अफगानिस्तानबारे चेतावनी जारी गर्दै राष्ट्रसंघले अफगानिस्तानको रोक्का गरिएको सम्पत्ति...

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको हो...

नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको मृगाैला प्रत्यारोपण सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीस्थित एपाेलाे अस्पतालमा बुधबार विहान मृगाैला प्रत्यारोपण...

तीन दिन भित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउने काँग्रेस शीर्ष नेताहरुबीच सहमति

काठमाडौं । नेपाली काँग्रेसका शिर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ ।  नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर...

ताजा समाचार

को हुन सुमन थापा !