सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

समाचार

जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरिन

काठमाडौँ — जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । राजकुमारी माकोले मंगलबार शाही पदवी त्याग्दैकलेजका साथी तथा प्रेमी कोमुरोसँग विवाह गरेकी हुन् । स्थानिय समयअनुसार मंगलबार बिहान १० बजे उनीहरूले विवाह दर्ताको फर्म बुझाएका थिए । विवाहपछि माको पनि न्युयोर्क सर्नेबताइएको छ । कोमुरो न्युयोर्कस्थित एक ल फर्ममा काम गर्दै आएका छन् । जापानको राजपरिवारको नियमानुसार सामानयनागरिकसँग विवाह गरेमा शाही पदवी छाड्नुपर्नेछ ।  राजकुमारी माको जापानका तत्कालीन शासक अकिहितोकी नातिनी हुन् । उनले २०१७ मा कुमारोसँग इंगेजमेन्ट गरेको घोषणा गरेकीथिइन् । तर पछिल्लो वर्ष उनीहरुले विवाह ढिला हुने प्रतिक्रिया दिएका थिए । उनीहरुले भविष्यको योजना तयारी गर्न आफूहरुलाई केहीसमय लाग्ने भन्दै छिट्टै विवाह गर्नेबारे पुनर्विचार गरेको बताएका थिए । उनीहरूबीच सन् २०१२ मा टोक्योस्थित इन्टरनेसनल क्रिस्चियनयुनिभर्सिटीमा भेट भएको थियो । राजकुमारी माकोले शाही रीतिरिवाजलाई छाड्दै सामान्य रूपमा विवाह गरेकी हुन् । साथै परिवार छाड्दा आउने रकम लिन पनि उनलेअस्वीकार गरिन् । यस्तो गर्ने उनी जापानी राजपरिवारको पहिलो महिला सदस्य हुन् ।

चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले उक्त देशको प्रतिरक्षा गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडनले भनेका छन्- यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले उक्त देशको प्रतिरक्षा गर्नेछ। उनको यो टिप्पणीलाई अमेरिकाले लामो समयदेखि अपनाउँदै आएको विदेशनीतिभन्दा...

जापानी तटनजिक मिसाइल प्रहार 

जापानी तटनजिक उत्तर कोरियाद्वारा मिसाइल प्रहार गरेको छ । जापान र दक्षिण कोरियाका अधिकारीहरूले दिएकोजानकारीअनुसार उत्तर कोरियाले मंगलबार बिहान पूर्वी तटीय क्षेत्रमा कम्तीमा एउटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।  उत्तर कोरियाका विषयमा दक्षिण कोरिया, जापान र अमेरिकाका जासुसी संस्थाका प्रमुखबीच वार्ता हुन गइरहेका बेला मिसाइल प्रहारगरिएको हो । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले लगातार आफ्ना हतियार विकास कार्यक्रमलाई विस्तार गरिरहेको छ । उसले लगातारमिसाइल परीक्षणसमेत गर्दै आएको छ । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले हाइपरसोनिक, लामो दूरीको क्रुज मिसाइल र एन्टी-एयरक्राफ्ट हतियारको परीक्षण गरेको छ

 प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट हुने 

 प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट हुने भएको छ । प्रधानमन्त्री देउवा जलवायुपरिर्वतनसम्बन्धी सम्मेलनमा सहभागी हुनका लागि कात्तिक तेस्रो साता स्कटल्यान्ड जाने भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी'वर्ल्ड लिडर समिट'मा सहभागी हुने प्रतिनिधि मण्डल गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारीदिए । स्कटल्यान्डको ग्लास्कोमा नोभेम्बर १ र २ मा जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर सम्मेलन हुँदैछ । असार २९ गते प्रधानमन्त्रीको शपथलिएका देउवाले यसबीचमा कुनै देशको भ्रमण गरेका छैनन् । पछिल्लो पटक प्रधानमन्त्री बनेपछि स्कटल्यान्ड भ्रमण नै उनको पहिलोविदेश भ्रमण हुनेछ ।

चीनकी प्रथम महिला फङ लीयुनद्वारा बालिका तथा महिलाको गुणस्तरीय शिक्षामा जोड

चीनकी प्रथम महिला फङ लीयुआनले कोरोना महामारी फैलिरहेको वर्तमान विश्वमा बालिका तथा महिलाको गुणस्तरीय शिक्षाका लागिदुई वटा सुझाव प्रस्तुत गरेकी छन्। युनेस्कोका लागि बालिका तथा महिला शिक्षा प्रवर्द्धन विशेष दूत रहेकी चिनियाँ राष्ट्रपति सी चिन फिङकी श्रीमती फङले शुक्रबारबेइजिङबाट सन् २०२१ संयुक्त राष्ट्रसंघ युनेस्को बालिका तथा महिला शिक्षा पुरस्कार वितरण समारोहलाई भिडियोमार्फत् सम्बोधन गर्दैकोभिड-१९ महामारीको यो अफ्ठ्यारो अवधिलाई पार लगाउन अझ धेरै शक्ति, अझ धेरै सावधानीका साथ बालिकाको निष्पक्ष तथागुणस्तरीय शिक्षाका लागि अग्रसर हुनुपर्ने बताएकी हुन्। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार प्रथम महिला फङले दुई वटा सुझाव महत्वका साथ प्रस्तुत गरेकी हुन्। पहिलो, डिजिटल टेक्नोलोजीको पूर्ण प्रयोगमार्फत् उच्च गुणस्तरीय अनलाइन शिक्षाका लागि श्रोत, गरिबीग्रस्त क्षेत्रका महिला तथाबालिकाका लागि शैक्षिक सहयोग, गरिबीग्रस्त परिवारका लागि प्राविधिक सहयोगले उनीहरूको डिजिटल युगको प्रत्याभूति दिनुपर्छ।

जमिन नटेक्ने चरा

वाजस्तै देखिने यो सुन्दर चरा कति राम्रो छ। हलुका हरियो—पहेँलो रंगको हुने भएकाले यसलाई  ‘हरियो चरा’ तथा अंग्रेजीमा ‘ग्रीन पिजन’ भनिन्छ।  नेपालमा पनि पाइने यो...

नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिए

नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान मात्रै विना विभागीय मन्त्रीमानियुक्त भएका विश्वकर्माले साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका हुन् ।  उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो नलागिसकेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जनाए । उनी कांग्रेसका समानुपातिकसांसद हुन् । विश्वकर्मा यसभन्दा अघि पनि मन्त्रीको चर्चामा थिए । उनलाई मन्त्री नबनाएको भन्दै चौतर्फी विरोध भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभा अन्तर्गत विधायन समितिको सभापतिबनाउन प्रस्ताव गरेका थिए । तर विश्वकर्माले उक्त प्रस्ताव असन्तुष्टि जनाउँदै अस्वीकार गरेका थिए । विश्वकर्माले अहिले पार्टीलाई आवश्यकता परेको र पहिलाअन्याय गरेको महसुस भएकाले आफूलाई मन्त्री बनाएको बताएका छन् । मुख्यमन्त्रीले गठबन्धनसँग सल्लाह नगरी मन्त्री नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउँदै शपथ कार्यक्रममा माओवादी केन्द्र र जनतासमाजवादीका मन्त्रीहरु सहभागी भएनन् ।

अछाममा जन्ती बोकेर फर्किएको जिप दुर्घटना

अछाममा जन्ती बोकेर फर्किएको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । आइतबार राति साढे ११ बजे पञ्जदेवल विनायक नगरपालिका वडा नम्बर १ मा विवाहको कार्यक्रमबाट घर फर्कने क्रममा से १ च १७६३नम्बरको गाडी दुर्घटना भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए । दुर्घटनामा परी पञ्चदेवल विनयाक-२ का अन्दाजी १३ वर्षीय जीवन न्यौपाने, अन्दाजी १५ वर्षीय हिमाल नेपाली,अन्दाजी १८ वर्षीय सर्पबोहोरा र पञ्चदेवल विनयाक-३का अन्दाजी १६ वर्षीय जीवन जैसीको मृत्यु भएको अछाम प्रहरीका प्रमुख तुल्सीराम अर्यालले जानकारीदिए । जीप चालक चुपे कुमार प्रहरी नियन्त्रणमा आएको अर्यालले बताए । गाडीमा सवार १८ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का १ जनाको उपचारको क्रममा मंगलसेन अस्पतालमा मृत्यु भएकोप्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्थमा गम्भीर भएकाले आइतबार नै नेपालगन्ज रिफर गरिएकोथियो । अन्यकोजिल्लाका अस्पतालमाहरूमा उपचार भइरहेको

चिनिया दबाव संग ताइवान नझुक्ने

ताइवानकी राष्ट्रपति साइ इङ्-वेनले चिनियाँ दबाव अगाडि ताइवान नझुक्ने र आफ्नै प्रजातान्त्रिक जीवन निरन्तर गर्ने बताएकी छन "हामीले जति उपलब्धि हासिल गर्छौँ त्यति चिनियाँ दबाब...

आपूर्तिमन्त्री हमालले दिए राजीनामा  

सर्वत्र प्रश्न उठेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन् । आफ्नोनियुक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र त्यसरी प्रश्न उठिरहेको अवस्थामा पदमा बसिरहन उपयुक्त नठानेर राजीनामादिएको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटामा मन्त्री भएको भनेर प्रश्न उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिन आग्रहगरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राजीनामा पत्रमा हमालले उक्त कुराको संकेत गरेका छन् । ' हाल विभिन्न सञ्‍चारमाध्यायमहरूमा सम्प्रेसित समाचार तथाकानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेसित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोधभएको छ,' उनले राजीनामा पत्रमा लेखेका छन्, 'मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेकोव्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।'

६० जना हिमालआरोहीहरू अमेरिकामा सम्मानित 

नेपालका ६० जना हिमालआरोहीहरू अमेरिकामा सम्मानित भएका छन् । न्यूयोर्क राज्य सांसद जेनिफर राजकुमारले ती हिमालआरोहीहरूलाई सम्मान गरेकी हुन् । न्यूयोर्कमा आयोजित विशेष समारोहमा आरोहीहरूलाई सम्मानपत्रबाट सम्मान गरिएको हो । सोहीअवसरमा ‘युएस–नेपाल क्लाइम्बर्स एसोशिएसन' का स्वयंसेवकहरुलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा हिमाल आरोही शेर्पाहरूको अदम्य साहस, त्याग र इमानदारिताको सम्मान गर्दै न्यूयोर्क राज्यको राजधानी आल्बानीमासगरमाथा दिवस मनाइने राज्य सांसद जेनिफरले घोषणा समेत गरिन् । मे २९ लाई राज्य सांसदबाटै सगरमाथा दिवसका रुपमा घोषणागर्न राजकुमारले राज्य संसदमा एक रिजोलुसन पेश गर्दैछिन् । उनले अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्ष देखि न्यूयोर्ककोराजधानी आल्बानीमा समेत मनाईने घोषणा गरिन् कार्यक्रममा नेपाली महावाणिज्यदूत बिष्णुप्रसाद गौतमले सगरमाथा दिवसलाई न्यूयोर्कमा मान्यता दिएकोमा नेपाल सरकारको तर्फबाटधन्यवाद ज्ञापन गरे ।

वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको...

ताजा समाचार

को हुन सुमन थापा !